Preloader

Buddhist religion, philosophy, literature and culture.

उपकुलपति प्रा.डा. हृदय रत्न बज्राचार्यद्वारा पदभार ग्रहण

लुम्बिनी बौद्ध विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. हृदय रत्न बज्राचार्यले आज आफ्नो पदभार ग्रहण गर्नुभएको छ । वहाँलाई विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरूले स्वागत गरेका थिए ।
कार्यक्रममा उपकुलपति प्रा. डा. हृदय रत्न बज्राचार्यले बौद्धका मार्गलाई अघि बढाउँदै विश्वविद्यालयलाई विश्वस्तरमा पुर्याउन आफु प्रतिवद्ध रहेको बताउनुभयो । साथै, विश्वविद्यालयको गरिमालाई कायम गर्न आफु सकृय भएर लाग्नृ प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।कार्यक्रममा बोल्दै विश्वविद्यालयका समारोहका सभापति तथा निमित्त उपकुलपति एवं रजिष्ट्रार तिलक राम आचार्यले विश्वविद्यालयलाई व्यापक बनाउन सहमति, सहकार्य र प्राज्ञिक उन्नयन गर्दै अगाडी बढ्नुपर्ने बताउनु भयो ।
विश्वविद्यालयद्वारा आयोजित स्वागत समारोहमा प्रा.डा. गीतु गिरी, परीक्षा नियन्त्रक सिद्धिश्वर मान श्रेष्ठ, केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख फणिन्द्र कुमार न्यौपाने, प्रशासन प्रमुख गजेन्द्र गुप्ता लगायतले स्वागत मन्तव्य राख्नुभएको थियो ।

1 Comment

  • by Milan bhusal Posted August 21, 2019 5:48 am

    Butwal. Ma kun thau ma padhai hunxa ta

Leave a Reply

Your email address will not be published. Required fields are marked *