Buddhist religion, philosophy, literature and culture.

लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा विद्यावारिधि गर्नेहरुका लागि पाठ्यक्रमको तयारी

लुम्बिनी बौद्ध विश्वविद्यालयले पहिलोपटक विद्यावारिधि गर्ने शिक्षार्थी र शोधार्थीहरुका लागि अनिवार्य पाठ्यक्रमको तयारी गरेको छ ।

काठमाडौंमा भएको गोष्ठीमा अन्तर्राष्ट्रिय मापदन्डअनुरुप पाठ्यक्रम तयार पारिएको विश्वविद्यालयले जनाएको छ ।

नयाँ शिक्षार्थीले पाठ्यक्रमअनुसार विद्यावारिधिका लागि बौद्ध दर्शन, साहित्य, कला, इतिहास र अनुसन्धान पद्दतिलगायतमा ‘४८ क्रेडिट आवर’ अध्ययन गर्नुपर्नेछ ।

आयोगका अध्यक्ष प्रा. डा. भिम प्रसाद सुवेदी, विश्वविद्यालयका डीन डा. माणिकरत्न शाक्य, पूर्वउपकुलपति प्रा. डा. त्रिरत्न मानन्धर र प्रा. डा. नरेशमान बज्राचार्यले विश्वविद्यालयको पाठ्यक्रमसहितको विद्यावारिधि कार्यक्रमले उच्चस्तरको प्राज्ञ तयार हुने विश्वास व्यक्त गरे ।

गोष्ठीमा प्रा. डा. सुवर्णलाल बज्राचार्य, डा. त्रिरत्न मानन्धर, डा. मिलनरत्न शाक्य र डा. गौतमवीर बज्राचार्यले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत् गर्दै सुझावसमेत दिएका थिए ।
सो विश्वविद्यालयबाट हालसम्म २३ जना शोधार्थीहरुले विद्यावारिधिको उपाधि प्राप्त गरिसकेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

LATEST NEWS