Preloader

Buddhist religion, philosophy, literature and culture.

लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औ वार्षिकोत्सव तथा केन्द्रीय पुस्तकालय भवन शिलान्यास कार्यक्रम सम्पन्न

लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो १४ औ वार्षिकोत्सव साताव्यापी रुपमा मनाउन थालेको छ । बार्षिकोत्सवको एक कार्यक्रमका बीच पूर्वअर्थमन्त्री तथा सांसद विष्णु पौडेलले उद्घाटन गर्नुभयो ।
 
लुम्बिनीमो शुक्रबार भएको कार्यक्रममा बोल्दैे पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सांसद विष्णु पौडेलले कानुन संसोधन गरेरै बहुविषय अध्ययनमा विश्विद्यालय जानुपर्ने बताउनु भयो
लुम्बिनी, बौद्ध दर्शन र विश्वविद्यालय एक अर्काका परिपुरक भएर अघि बढ्दा समग्र क्षेत्रको विकास हुने वहाँले बताउनु भयो । विश्वविद्यालयका लागि पूर्वाधार निर्माण गर्न १०० विगाहा जमिन आवश्यक रहने र त्यसको प्रक्रिया छिट्टै टुंगिने विश्वास समेत दिलाउनु भयो । जनस्तरबाट सञ्चालन हुने ऐन भए पनि सरकारले बजेट बिनियोजन गर्दै बौद्ध शिक्षाको विकासमा योगदान पुराउने वहाँले बताउनु भयो।
 
कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले बौद्ध दर्शन शिक्षा र लुम्बिनीको माध्यमबाट पर्यटन विकास गर्न सकिने भन्दै अवको योजना त्यसतर्फ केन्द्रित हुनुपर्ने बताउनु भयो ।
त्यस्तै प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले बौद्ध दर्शन अध्ययन गर्ने मात्रै नभई व्यवहारिक रुपमा प्रयोग गर्नुपर्ने बताउनु भयो। उनले विश्वविद्यालयबाट बौद्ध दर्शनसंगै अन्य विषय अध्ययनलाई पनि जोड दिनुपर्ने बताउनु भयो ।
 
प्रदेश नम्बर ५ का सांसद फकुरुद्धिन खानले लुम्बिनीमा बहुविषययुक्त क्याम्पसको आवश्यक भएको भन्दै लुम्बिनीलाई बौद्ध दर्शनमा मात्रै सिमित गर्न नहुने बताउनु भयो । बहुभाषिक र टुरिजमसम्बन्धीत विषयहरु लुम्बिनीमा आवश्यक रहेको वहाँले बताउनु भयो ।
 
त्यस्तै लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले लुम्बिनीमा विश्वभरबाट बौद्ध दर्शन खोज्दै आउने वातावरण बनाउनका लागि विश्वविद्यालय र कोष एक भएर अघि बढ्नुपर्ने बताउनु भयो ।
 
कार्यक्रममा बोल्दै विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिष्टार तिलक आचार्यले बजेट अभावमा विश्विद्यालयले लक्ष्य अनुरुप शैक्षिक गतिबिधि अघि बढाउन नसकेको बताउनु भयो । दुई विगाहा क्षेत्रफलमा विश्वविद्यालयका संरचना रहेकाले पूर्वाधार विकाससंगै शैक्षिक क्रियाकलाप अघि बढाउन सरकारको सहयोग आवश्यक रहने उनले बताउनु भयो।
 
सोही अवसरमा विश्वविद्यालयको पुस्तकालय भवनको शिलान्यास समेत भएको छ । १२ करोड ६८ लाखमा पुस्तकालय भवन बन्न लागेको हो । विश्वविद्यालयले १४ औं वार्षिकोत्सव साताव्यापी कार्यक्रम गरी मनाउदैछ । मंसिर २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीको आतिथ्यतामा समापन कार्यक्रम हुनेछ । सो अवसरमा विश्वविद्यालयका नबनिर्मित छात्रावास, अनुसन्धान केन्द्र लगायतका भवनहरु उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रममा क्याम्पस प्रमुख फणिन्द्र न्यौपाने, पूर्व क्याम्पस प्रमुख इन्द्र काफ्ले लगायतले बोल्दै शैक्षिक गतिबिधिको बारेमा जानकारी गराउनु भएको थिए । सो अवसरमा विश्वविद्यालयका विभिन्न तहमा अध्ययनरत ३३ जना विद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

LATEST NEWS